जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णाली याक्सले रोज्याे ब्याटिङ

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।

खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ । दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन् ।

३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटका खेल खेलेका छन् । उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन् ।

न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन् । उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए । जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१