
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबारको तुलनामा ३०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य भने केही बढेको छ। शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदी आइतबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।