विवाहको आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौ महिनामा विवाह गरेका उनीहरूको ८ महिनामा डिभोर्स भएको हो। केही समयअघि अरुणिमाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी दिएकी थिइन्।

उनले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताएकी थिइन्। युवराज श्रेष्ठले भने सामाजिक सञ्जालमार्फत वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका छन्।

उनले टिकटकमा भने, “मैले वैशाख २८ गते, दिनको ४:१० बजे डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखिएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सक्कियो। बाँकी कुरा भने म सार्वजनिक गर्न चाहन्नँ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१