काठमाडौं महानगरका मेयर बालेन र उपमेयर डंगोलबीच कार्यपालिका र नगरसभा बोलाउने सहमति

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि संवाद भएको छ। पछिल्लो वार्तामा नगरसभा र कार्यपालिका बैठक बोलाउने विषयमा सहमति जुटेको बताइएको छ।

हाल मिति तोक्ने विषयमा थप छलफल जारी छ भने बैठकका एजेन्डा तय गर्न प्रारम्भिक चर्चा भएको जानकारी दिइएको छ।

वार्तामा महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाध्यक्ष (कांग्रेस) नवीन मानन्धर, ३२ नम्बर वडाध्यक्ष (एमाले) नवराज पराजुली र १५ नम्बर वडाध्यक्ष (नेकपा एस) ईश्वरमान डंगोलको उपस्थिति रहेको थियो।

गौरतलब छ कि काठमाडौं महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेपछि हालसम्म बस्न सकेको छैन।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१