
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले संसद बैठकमा झपारेका छन्।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य समितिको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको विषय उठाउँदै पराजुलीले भिजिट भिसा प्रकरणमा धारणा राखेका थिए। तर, समितिको बैठकको एजेन्डाबाट विषय विचलन भएको भन्दै सभापति अब्दुल खाँले केन्द्रित हुन सुझाव दिएका थिए।
तर पराजुली निरन्तर बोलिरहेपछि श्रेष्ठले “हामीले पनि सदनमा उभिएर राजीनामाको माग गरिरहेका छौं। हाम्रो अध्यक्ष पनि निलम्बनमा हुनुहुन्छ, उहाँको अध्यक्ष जेलमा हुनुहुन्छ। के भनेको यार’ भन्दै पराजुलीमाथि खनिए।
यो माहोलले गर्दा समिति बैठक केहिबेर तातेको थियो ।