“रामहरि खतिवडाको रास्वपा सांसदप्रति चुनौती– ‘बैठक भत्ता मर्यादा पालन गर्ने सांसदलाई मात्रै दिने साहस देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सांसदहरूलाई बैठक भत्ता मर्यादापालकलाई दिने साहस देखाउन चुनौती दिएका छन् ।

राप्रपाका सांसदहरूले बैठक भत्ता नचाहिने भनेको भन्दै उनले रास्वपाका सांसदहरूलाई पनि मर्यादापालकलाई दिएर देखाउन चुनौती दिए । उनले रास्वपा सांसदहरूलाई मन्त्रीभन्दा अगाडि बस्न कुर्सी खाली गरेर आएको पनि टिप्पणी गरे ।

सांसद खतिवडाले भने, ‘उहाँहरू आन्दोलन जारी गर्न पनि बसेको हुनुपर्छ, तर मन्त्रीभन्दा अगाडि कुर्सी खाली गरेर बस्नुभएको छ । यहाँ मानव अधिकारको पनि कुरा हुन्छ, मर्यादापालक साथीहरुलाई अगाडि राखेर पछाडि बस्नुभएको छ । राप्रपाका साथीहरुले बैठक भत्ता चाहिँदैन भन्नुभयो ।

त्यो बैठक भत्ता अगाडि बस्नेहरूले पनि मर्यादापालकलाई प्रदान गरिदिए झन् खुसी हुनेथ्यौं । त्यो साहस र आँट गर्नुस् । ’उनले बजेटमाथि मौन समर्थन गरेको भन्दै व्यङ्ग्यात्मक रूपमा धन्यवाद दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१