• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सुदन गुरुङ पुन: गृहमन्त्री नियुक्त, आजै शपथ

काठमाडौं । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ पुन: नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार गुरुङले आजै शपथ लिने भएका हुन् ।

आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए ।

गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न सरकारले बनाएको समितिले दोषी नदेखाएपछि उनको गृह मन्त्रालयमा कमब्याक भएको हो ।