• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

चीन भ्रमणमा परराष्ट्रमन्त्री, तातोपानी र रसुवागढी नाका बन्द

काठमाडौं । चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । चीनको तिब्बतमा कोभिड १९ संक्रमण बढको भन्दै नेपालतर्फका दुबै नाका बन्द गरेको हो ।

रसुवागढी नाकाबाट गत शनिबार देखिनै मालसामान आउन बन्द भएकोमा तातोपानी नाकाबाट समेत बुधबारदेखि मालसामान आउन बन्द भएको नेपाली भन्सार कार्यालयहरुले जनाएका हुन् ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा अहिले ठप्प रहेको जनाइएको छ । तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको भन्सार अधिकारीले बताएका छन् ।

नेपालका परराष्ट्रमन्त्री यतिबेला चीन भ्रमणमा छन् । उनी गत मंगलबार तीनदिनका लागि चीन भ्रमणमा गएका हुन् । परराष्ट्रमन्त्री चीन भ्रमणमा रहेका बेलामा चीनले नाका बन्द गरेकाे हाे । यद्यपी चीनमा काेराेना सक्रमण बढेका कारण नाका बन्द गरिएकाे बताइएकाे छ ।

यसबारेमा औपचारिक जानकारी भने नआएकाे भन्सार कार्यालयहरुले जनाएका छन् ।