• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

चाेलेन्द्रकाे बयान आज सकिएन, भाेलि पनि हुने

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ ।

बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए ।

समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो । तर बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।