काठमाडाैं । सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा आइतबार पनि सहमति हुन सकेन ।
दलहरुको आ–आफ्नो अडान कायम हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन नसकेकाे हाे ।
कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी भएकाे कार्यदलमा सहभागी एक सदस्यले जानकारी दिए । कार्यदलको बैठक साेमबार बस्नेछ ।