काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
सेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएको बताइएकाे छ ।

पाँच दिने भ्रमणका क्रममा उनले आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।
यसका साथै, उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ ।
सेनाध्यक्ष पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन् ।