• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

चोलेन्द्र शमशेर जबराको बयान जारी

काठमाडाैं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक बसिरहेकाे छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक चलिरहेकाे छ ।

बैठक सुरु भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

महाअभियोग दर्ता भएपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।