• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडाैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीमा बुधबार भएको भेटवार्तामा नेपाल-भारत द्विपक्षीय हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र सचिव पौड्याल परराष्ट्र सचिवस्तरीय बैठकका लागि नयाँ दिल्ली पुगेका बेला विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

यसअघि सचिव पौड्याल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच पनि नेपाल-भारत सम्बन्धबारे विभिन्न विषयमा छलफल भएको थियो ।