• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

लम्पी स्कीन लगभग नियन्त्रणमा आएको कृषिमन्त्री भूसालको दाबी

काठमाडौं । कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूषालले पशुमा लाग्ने लम्पी स्कीन रोग निणन्त्रणमा आउन लागेको जिकिर गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भूसालले विस्तारै रोग नियन्त्रण हुदै गएको भन्दै संकट टरेको दाबी गरे ।

यो रोगको असर पछिसम्म नपरोस् भनेर पनि पूर्व तयारी गर्ने बताए ।

उनले भने, ‘अब यो रोगले सङकटमा जाँदैन् । नियन्त्रणमा आईसक्नै लागेको छ। गर्मी लाग्र्दै गर्दा मौसमको कारणले पनि । यसको असर पछि नपरोस् भनेर पनि पूर्व तयारी गर्ने छौं ।’

उनले देशमा पशु सेवा जनशक्ति कम भएको स्वीकार गर्दैै पहिलो पटक एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिए ।

उनले भने, ‘हामी तितो सत्यलाई स्वीकार्नु पर्छ । हामीसँग पशु सेवा जनशक्ति कम नै छ । संघीय बजेटमा एक सय ६१ जना माग गरेको छौं । एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको छु यो पहिलो पटक हो ।’

यस्तो गम्भीर विषयमा हामीसँग बजेट छैन् भनेर मुक्ति नपाउँने भन्दै उनले एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको बताए ।

उनले भने, ‘गाईबस्तु पाल्ने गरिब निमुखाको लागि राज्य नउभिने हो भने । उनिहरुको दिन आउँदैन । क्षतिपूर्ति पनि हुनुपर्छ । हल गोरुकै मृत्यु भयो भने केले खेती गर्ने ? मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने ? सामथ्र्य छैन भने समितिले के गर्नु पर्ने हो ?हामीसँग बजेट छैन भनेर मुक्ति चाँहि पाईदैन् । ’

पशु चौपायामा देखापरेको लम्पी स्कीनको रोकथामबारे समितिमा भएको छलफलमा अधिकांस सदस्यहरुले रोग रोकथामका लागि सरकारले गरेको प्रयास र क्षतिपूर्तिबारे प्रश्न उठाएका थिए ।

बैठकमा समितिका सदस्य बिर बहादुर बलायरले लम्पी स्कीन रोगको रोगथाम र रोगको कारण मृत्यु भएको गाईबस्तुको क्षतिपूर्तिका लागि मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने भन्दै प्रश्न उठाएका थिए ।