• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

२ महिनाका लागि विराटनगर निषेधित क्षेत्र, जुलुस, भेला, धर्ना जस्ता कार्य गर्न रोक

विराटनगर । विराटनगरलाई असोज १ गतेदेखि २ महिनाको लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रशसन कार्यालय विराटनगरले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा आसपासको क्षेत्रलाई २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

पहिचानवादीहरुले गर्ने प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरिएको हो । पहिचानवादीहरुले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका छन् ।

जिल्ला प्रशासनले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोशी प्रदेश अन्तर्गत मोरङ जिल्ला स्थित विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूह लगायतबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले आदेशको उल्लंघन गरे कारबाही गरिने बताए ।