• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

काठमाडौँ महानगर भित्र रहेका कुकुरको बन्ध्याकरण गर्ने बालनेको घोषणा

  • २०८० असोज २३, मङ्गलबार ०२:३९

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा गरेका छन् । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महानगरले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।

बालेनले भनेका छन् –‘चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँको मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।’

मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाइने उनले जानकारी दिए । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना पनि उनले सुनाए ।

  • २०८० असोज २३, मङ्गलबार ०२:३९