• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

आज दसैंको टीकाको दिन यस्तो रहने छ मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भू-भागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।