• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

दशैंको टीका–जमरा आज पनि लगाइँदै

काठमाडौं । दशैँको मुख्य दिन टीका तथा जमरा लगाउन छुटेकाहरुले आज मान्यजनबाट आशीर्वाद थाप्दै छन् ।

देशका अधिकासं ठाउँमा हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा भएपनि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।