• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

आइतबार संघीय संसद भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उनले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ लाई पेस गर्नेछन् ।

साथै सभामुखले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ ।

आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेसगर्ने बताइएको छ ।