• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पत्रकार सम्मेलनमा बेहोस भइन् भारती मानन्धर

काठमाडौं । रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोस भएकी छिन् ।

आज आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।

रिगलको आममाफी विरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।