• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।