• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बर्दियामा घरमा आगो लाग्दा एकै परिवारका चार जनाको मृत्यु

  • २०८० मङ्सिर ९, शनिबार ०५:०३

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण नखुलेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०८० मङ्सिर ९, शनिबार ०५:०३