• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

चालक दलको कमजोरीका कारण यति एयरको विमान दुर्घटना भएको निष्कर्ष

काठमाडौं । गत वर्ष ७२ जनाको मृत्यु हुनेगरी पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

२०७९ माघ १ गते यति एयरलाइन्सको एटीआर ७२ ९ एन–एनएनसी जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्षसहित छानबिन आयोगले बिहीबार प्रतिवेदन बुझाएको हो ।

नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो।