• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सन्दीपको मुद्दामा आजै फैसला आउन सक्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस जारी रहने छ ।

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए । आज सन्दीप पक्षका वकिलहरु बहस गर्नेछन् ।

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।