काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।
मंगलबार आन्दोलनअन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्।प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।
तर निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिले जनाएको छ ।
केन्द्रीय संघर्ष समितिको निर्देशन अनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन्।