• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

संघीय मोर्चाको आह्वान : रुपन्देही–३ मा जितका लागि एकजुट होऔँ

रुपन्देही । सङ्घीय लोकतान्त्रिक मोर्चाले वर्तमान अवस्थाबारे “जनजागरण अभियान“ कार्यक्रम आयाेजना गरेकाे छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा बुधबार रुपन्देहीको सियारीमा आयाेजित कार्यक्रममा रुपन्देही– ३ काे उपनिर्वाचन जित्ने गरी लाग्नुपर्नेमा जाेड दिइएकाे छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारुलाई विश्वास गरेर गुन लगाएको बताए ।उनले रुपन्देही ३ को उपनिर्वाचन जसरी पनि जित्नैपर्ने समेत बताए ।  सङ्घीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ ।