• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

माओवादी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको सीमा हटाइयो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान हटाएको छ ।

स्थायी कमिटी बैठकको निर्णय पार्टी पंक्तिलाई सर्कुलर गर्दै यसबारे जानकारी गराएको छ ।

सर्कुलरमा भनिएको छ, ‘पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जबाफदेही हुने गरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ ।

वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ । ’यसअघि माओवादीले केन्द्रीय सदस्य पनि जति पनि बनाउन सक्ने निर्णय गरेको थियो ।