• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

प्रधानमन्त्री ओलीको आलोचना : सामाजिक सञ्जालका लागि संसद प्रयोग हुँदैछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति र नीतिमा देखिएको अस्थिरतालाई अन्त्य गर्नको लागि अहिलेको सरकार बनेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्को बहसलाई अर्थहीन विषयमा प्रयोग भइरहेको बताए।

उनले भने, ‘सरकारले गरेको सकारात्मक काममाथि प्रश्न उठोस् भन्ने चाहन्थेँ । तर, संसद् होस् वा सार्वजनिक बहसलाई अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ ।

यस्ता बहसले देशमा केही गरौँ भन्नेको लागि होइन, युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन ।उनीहरूलाई गाली, निन्दा, आरोपमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राखेको छ।’

उनले संसदमा उठेको विषयहरू पनि राष्ट्रिय आवश्यकताका नभएको टिप्पणी गरे । सदनलाई सामाजिक सञ्जाललाई कन्टेन्ट उत्पादन गर्ने थलोका रूपमा स्थापित गर्ने दुष्प्रयास भइरहेको बताए।