देशका धेरैजसाे भूभागमा मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

काठमाडाैं । शुक्रबार देशका धेरैजसो ठाउँको मौसम बदली भएकाे छ । पश्चिमी वायुको प्रभावका कारण माैसम बदली भएकाे र केही ठाउँमा वर्षा भएकाे माैसमविद्ले बताएका छन् ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परेकाे छ ।

यतिबेला पश्चिमी वायु पूर्वतर्फ सरिरहेकाे छ । शनिबार प्रदेश एकका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने शुक्रबार रातिदेखि नै माैसममा सुधार आउने माैसमविद्काे अनुमान छ ।

शुक्रबार देशको उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । अझै केही दिन उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाे पनि माैसमविद्ले जानकारी दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१