काठमाडाैं । नेपालमा पनि काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार पत्रकार सम्मेलन गरी ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हाे ।
हाल नेपालमा २ जनामा याे भेरियन्ट देखिएकाे बताइएकाे छ । उनीहरुकाे स्वास्थ्यवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।