कस्ताे रहला बिहीबार देशभरकाे माैसम ?

काठमाडाैं । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा माैसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहीबार सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भइरहेको छ ।

बिहीबार राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशका पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।