सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

रावलले लेखेका छन् ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ । यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं !’

पछिल्लाे समय नेपाली कांग्रेस एमसीसी पास गराउने कसरतमा लागेकाे छ । कांग्रेसले गठबन्धनभित्र र प्रतिपक्षी दल एमालेसँग छलफल तीव्र बनाइरहेकाे छ ।

नेकपा एमालेले एमसीसीकाे पक्षमा आफ्नाे धारणा नबनाइरहेकाे बेलामा रावल भने निरन्तर एमसीसीकाे विराेध गरिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१