कांग्रेस-एमाले वार्तामा मिलेन कुरा, सञ्चारमन्त्री कार्कीले भने- सकारात्मक कुरा सुनाउँला भन्ने थियाे, पाइएन

काठमाडाैं । बालकोटमा जारी कांग्रेस-एमालेको शीर्ष नेताबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जुन सकारात्मक कुरा सुनाउँला भन्ने लागेको थियो त्यो सुनाउन नपाएको बताए ।

हिजो जुन कुरा भएको थियो आज पनि त्यही कुरा भएको उनले जानकारी दिए ।

प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको उनकाे भनाइ छ ।

‘एमसिसीलाई राष्ट्रिय सहमितका साथ अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिऊँ भनेर प्रस्ताव गर्‍याैँ तर उहाँहरूले पुरानै कुरा दोहोराउनु भएको छ ।’ मन्त्री कार्कीले भने ।

उहाँहरुले भन्नुभएकाे छ, ‘हामीलाई प्रतिनिधि सभाको द्वार खुलेको छैन। त्यो खुलाउन तपाईंहरूले काम गर्नुस् । तपाईंहरूको दायित्व हो ।’

आजकाे छलफल यतिमा केन्द्रित भएकाे र गठबन्धन अहिलेसम्म केही तलमाथि नभएकाे उनकाे भनाइ छ ।

यस्तै, दुवै पार्टीका अडान कायम रहेको भए पनि निरन्तर संवादमा रहने सहमति भएको एमाले महासिचव शंकर पोखरेलले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१