
काठमाडाैं । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादीकाे निर्णयमा नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । उक्त निर्णयमा नेता श्रेष्ठले आफ्नाे असहमति जनाएका हुन् ।
उनले भनेका छन्, पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौँ । यो महाधिवेशनको विरुध्द छ र गलत छ ।