
काठमाडौं । सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।
बालुवाटारमा केहीबेर अघि सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेकाे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेकाे भनि समय मागेका थिए । नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए ।
नेकपा माओवादी केन्द्र ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तयार भएपछि एमसीसी आइतबार नै पारित गर्ने सहमति जुटेकाे हाे । यद्यपी माओवादीका केही नेताहरु यसकाे विराेधमा छन् ।