
काठमाडौं । आइतबारकाे प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयाेग परियोजना एमसीसी समान्य छलफलका लागि पेस भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् ।
छलफलका लागि संसदमा पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट समय दिएका छन् ।
आजकाे बैठकमा पनि एमालेका सांसदले अवराेध पुर्याइरहेका छन् । अवराेधकाबीच सभामुख सापकाेटाले बैठक सञ्चालन गरिररहेका छन् ।