ओलीले ‘हिराे’ भन्दै आलाेचना गरेपछि भीम रावलकाे जवाफ : ‘महाहिराे’ बन्नुस्

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।

मंगलबार एक पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर ‘हिरो’हुन खोजेको आरोप लगाएका थिए । रावलले ओलीको आक्षेपको एकदिनपछि बुधबार देशको हितमा बोलेर महाहिरो हुन सुझाव पनि दिए ।

उक्त टिप्पणीबारे रावलले जवाफ फर्काउँदै ट्वीट गरेका हुन् ।

रावलले लेखेका छन् ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुशी नै हुनेथिएँ, देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’

ओलीले रावलका गतिविधि पार्टी अनुशासन विपरीत भएको बताएका थिए । उनले रावललाई कारवाही हुनसक्ने संकेत पनि गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१