
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् ।
फाेनवार्ताबारे ब्लिन्केनले ट्वीट गरेका छन् । उनले उक्त फोनवार्ताका क्रममा युक्रेनमाथि रुसको आक्रमणकाे विराेध, आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको जानकारी गराएका छन् ।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine’s sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022
ट्वीटमा ब्लिन्केनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने पनि जनाएका छन् ।
नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । एमसीसीका विषयमा नेपालमा विभिन्न किसिमका टिकाटिप्पणीहरु भइरहेका छन् ।