
बाँके । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो ।
बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् । ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए ।
फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो ।