स्थानीय तहको चुनावमा ७२ दलले उम्मेदवारी दिने

काठमाडाैं । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाइ छ ।

यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाईँ सराइ गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी पर्‍यो भने ति नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिए ।

आयोगले चैतको सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी पनि गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१