रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले बुधबार र बिहीबार दुई दिन सार्वजनिक बिदा दिएको छ ।
मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर पालिकास्तरीय खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।
नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन् ।
हेर्नुहाेस सूचना