
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन् । प्रचण्डसँग भेटका लागि राजदूत यान्छी बुधबार बिहान खुमलटार पुगेकी थिइन् ।
उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको बताइएकाे छ । भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएकाे स्रातले बताएकाे छ ।
राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर पनि अध्यक्ष दाहालसँग चासो राखेको स्रोतकाे दाबी छ ।
यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए ।