
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाल उद्याेग व्यवसायी महासंघले साेचे अनुरुप सफलता हासिल गर्न नसकेकाे बताएका छन् ।
मंगलबार नेपाल उद्याेग व्यवसायी महासंघकाे (प्रस्तावित)केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले अस्वस्थ प्रतिस्पर्धाका कारण सफलता हासिल नभएकाे बताएका हुन् ।
वैज्ञानिक समाजवादतर्फ उन्मुख अर्थतन्त्रको मोडेल तयार गर्ने अबको प्रमुख लक्ष्य भएको पनि उनले जानकारी दिए ।
प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने पनि जानकारी गराए ।
उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियरलगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक नीति बनाउन सहज हुने भन्दै उनले भने, ‘पार्टीको केन्द्रमा प्रतिनिधित्व गराउने कोसिस रहनेछ ।’