काठमाडौं । भारतले युद्धरत युक्रेनबाट चार नेपालीको उद्धार गरी नेपाल ल्याएकाे छ । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली युक्रेनबाछ नयाँदिल्ली हुँदै नेपाल फर्किएका हुन् ।
नेपाली नागरिक सुरक्षित रुपमा उद्धार गरी ल्याइदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा देउवाले भारत सरकार र भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् । यसअघि पनि भारतले केही नेपालीको उद्धार गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयले पनि उद्धारका लागि भारतलाई धन्यवाद दिएको छ ।
Four Nepali nationals have just arrived in Nepal from Ukraine via India.
Thank you Prime Minister @narendramodi and the Government of India for the assistance in repatriating Nepali nationals through the #OperationGanga.
— Sher Bahadur Deuba (@SherBDeuba) March 12, 2022