मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडाैं । मंगलबार अपरान्ह बसेकाे मन्त्रिपरिषद् बैठकले संसदकाे चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदनमा अवरोध गरिरहेको थियो । भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसीसी जबरजस्ती पास गरिसकेको छ ।

संसद चल्न नसकेको अवस्थामा सरकारले चालु संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।