भारत-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडाैं । भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएकाे छ । गएकाे २५ गते देखि २९ गतेसम्म बैठक बसेकाे थियाे ।

भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा उक्त बैठक सम्पन्न भएकाे हाे । ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन् ।

संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण पनि गरेकाे छ । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ ।

समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गर्‍यो । २५ देखि २८ गते सम्म भएको स्थलगत भ्रमण पछि समितिको बैठक २९ गते काठमाडौंमा बसेकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१