एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडाैं । निर्वाचनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो ।

म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् । चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ ।

हेर्नुहाेस् विज्ञापन :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१