काठमाडाैं । नेकपा (एमाले)ले बुधबार संसदीय दलको बैठक बाेलाएकाे छ । संसद अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दलको बैठक डाकेको हो ।
बैठक दिउँसो ३ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा समसामयिक विषय र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगका विषयमा छलफल हुनेछ ।
बुधबार बस्ने भनिएको संसद् बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको थियो । तर, सरकारले जबराविरुद्धकाे महाभियोग टुंगो नलाग्दै संसद् अधिवेशन अन्त्य गरेकाे छ ।
गत फागुन १ मा सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ प्रस्ताव रही जबराविरुद्ध महाभियोग दर्ता भएको थियो ।
महाभियोग दर्ता भएपछि प्रधान्यायाधीश जबरा निलम्बित भएका छन् ।