
काठमाडाैं । चर्चित अभिनेत्री करिश्मा मानन्धर आगामी वैशाख ९ गते नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा उनी तुल्सीलाल स्मृति प्रतिष्ठानमा गरिने एक कार्यक्रमबीच उनी एमालेमा प्रवेश गर्ने पक्का भएको दाबी गरिएकाे छ ।
मानन्धरसहित अन्य दल छाडेका नेता कार्यकर्तालाई पनि अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् ।
अभिनेत्री मानन्धरले एमालेमा प्रवेश गर्ते तयारीस्वरुप गत फागुन २६ गते बालकोट पुगेर अध्यक्ष ओलीसँग वार्ता गरेकी थिइन् ।
बालकोट पुगेर उनले ओलीसँगको संवादमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।