शहीदहरूबाट उत्प्रेरणा प्रतिरोध लिँदै सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : वैद्य

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रतिक्रियावादी र संशोधनवादी सत्ता संगठन तथा संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने मा जाेड दिएका छन् । जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्धको समग्र प्रतिरोध भएको उनले बताएका हुन् ।

 

वैद्यले २४औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया बोल्दै उनले तेतीबेलाकाे प्रतिक्रियावादी सत्ताले क्रूरतापूर्वक च्याङ्वा लामालगायतका सांस्कृतिक योद्धाहरूको हत्या गरेको संस्मरणमा, सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै वर्तमान सामन्त, दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाका विरुद्ध नयाँ प्रतिरोधी सङ्घर्ष निर्माणमा जोड दिए । प्रतिरोधी संस्कृति प्रतिरोध सङ्घर्षसँग सम्बन्धित रहेको चर्चा गर्दै यो नयाँ जनवादी तथा वैज्ञानिक संस्कृतिसँग सम्बन्धित रहेको कुरा समेत स्पष्ट समेत पारे ।

उत्प्रेरणा
कार्यक्रमलाई सम्वाेदन गर्दै निनु चापागाईंले सांस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलन नै भएकोले क्रान्तिकारी कम्युनिस्टहरूले पनि आचार व्यवहारमा कम्युनिस्ट संस्कृतिलाई जीवन पद्धति बनाउन नसकेको बताएका छन् ।

अर्का वक्ता प्रा.डा. ताराकान्त पाण्डेयले सामाजिक स्तरमा समेत जरा गाड्न पुगेकाले कम्युनिस्ट क्रान्तिकारीहरूले त्यस्तो प्रतिक्रियावादी संस्कृतिको सशक्त प्रतिरोधका निम्ति आलोचनात्मक चेतलाई बढाउनु पर्नेमा जोड दिए ।

त्यसै गरी मार्क्सवादी लेखक रोशन जनकपुरीले जातीय, क्षेत्रीय, र लैङ्गिक मुद्दाहरूले वर्गीय मुद्दालाई ओझेलमा पार्दै लगेको चर्चा गर्दै वर्गीय मुद्दालाई प्रधान बनाएर प्रतिरोधी सङ्घर्ष उठान गर्नुपर्ने बताए ।

त्यसैगरी महिला नेतृ अम्बिका मुड्भरीले वर्तमान सत्ता र व्यवस्थाले महिलामाथि गरेका बहुआयामिक शोषण र उत्पीडनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षको आवश्यकता रहेको बताउँदै लैङ्गिक उत्पीडन पनि वर्गीय उत्पीडनको विस्तारित रूप भएकोले वर्ग सङ्घर्ष र प्रतिरोध सङ्घर्षलाई एकसाथ अगाडि बढाएर जानुपर्नेमा जाेड दिएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१